करेन्ट लागेर एक युवतीको मृत्यु



महोत्तरी । महोत्तरीमा एक युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।

गौशाला नगरपालिका ५ गौरीघाट बस्ने २५ वर्षीया सन्जु देवी राउतको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको मोटरको तार जोडने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको लालगढ अस्पातल धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्