अपहरणको नाटक गरी बेपत्ता भएका साह साढे दुई महिना पछि पक्राउ



सञ्जय कार्की, रौतहट । अपहरणको नाटक गरी बेपत्ता भएका रौतहटको कटहरियाका श्री भगवान साह साढे दुई महिना पछि पक्राउ परेका छन ।

जोगीको भेषमा पहेलो बस्त्रधारी कपडा लगाएर भारतको मुम्बई, हरिद्धार लगायतका स्थानमा लुक्दै बस्दै आएका उनलाई रौतहट प्रहरीले रुपन्देही जिल्लाको नेपाल भारत सिमा नजिक बाट पक्राउ गरेको हो । साहलाई पक्राउ गर्न एक महिना देखि भारतको विभिन्न स्थानमा रौतहटका दुई जना प्रहरी परिचालित रहदै आएका थिए ।

पक्राउ परेका साह लाई सार्वजनिक अभद्र ब्यबहार कसुरमा मुध्दा चलाईको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउनु भयो । गएको बैशाख १७ गते घर बाट निस्केका कटहरिया नगरपालिका –७ बगही निवासी ३६ बर्षिय श्रीभगवान साह तेलीले गरुडा नगरपालिका–४ गरुडाबजार स्थीत लक्ष्मि कोल्ड स्टोरको गोदाममा लु ४१ प ५७४९ नम्बरको मोटरईसाईकल राखी सम्पर्क बिहीन बनेपछि उनको बुवा जीयालाल साह तेलीले खोजतलासको लागि ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएका थिए ।

बेपता भएको दुई दिन पछि लक्ष्मि कोल्डस्टोरमा साहको मोटरसाईकल सहित मोटरसाईकलको लेगार्डमा नाईलनको झोलाभित्र लाभा कम्पनीको साधारण मोबाईल फोन, एमआई कम्पनीको स्मार्ट मोबाईल फोन पीओएस एटीएम मेसिन २४८३ नम्बरको नागरिकताको प्रमाणपत्र, अजिम आलमको ३२–५६–७३ नम्बरको नागरिका लगायत मोबाईलमा प्रयोग भएका ९८५५०४०६८४, ९८०९१९५९००, ९८४५०९६५८४, ९८१११२२९९९ नम्बरका सिमहरु फेला परेपछि परिबारका सदस्यले स्टोरका संचालक राम कुमार चौधरी माथि अपहरण र कर्तब्य ज्यान सम्बन्धि जाहेरी दर्ता गराएपछि प्रहरी अनुसन्धानको लागि हिरासतमा पुगेका चौधरी पछि निर्दोष साबित हुदै रिहा भएका थिए ।

साहले कटहरियामा तराई ईन्टरप्राईजेज र काठमाण्डौमा बाजुरा ईन्टरप्राईजेज नामक आईएमई ब्यबसायी गर्दै आएकोमा ब्यबसायमा घाटा लागेपछि उनले आफुलाई अपहरणको नाटक गरेर बेपता भएको खुलेको हो । साह बेपता भएपछि कटहरियाका स्थानीयले सडक अबरुद्ध समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्