सल्यानमा मुलुकी सहिंताले बढायो सम्बन्ध बिच्छेदका घटना



सरिता चलाउने, सल्यान । नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालत सल्यानमा मुद्या दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्या मध्य सबैभन्दा बढि सम्बन्ध विच्छेदका रहेका छन् ।

आर्थिक बर्ष २०७५ /०७६ मा जिल्ला अदालत सल्यानमा ४ सय ७९ वटा मुद्या दर्ता भएकोमा सम्बन्ध बिच्छेदका २ सय ९ वटा मुद्धा दर्ता भएको अदालतले जानकारी दिएको छ । १ सय ५७ वटा महिला र ५२ वटा पुरुषले सम्बन्ध बिच्छेदका मुद्या दर्ता गरेको अदालतका श्रेष्तेदार दिपक पोखरेलले बताउनु भयो । उहाँका अनुसार २ सय ९ वटा सम्बन्ध बिच्छेदका मुद्या मध्य १ सय ७७ वटा फच्र्छौट गर्न भएका छन् । आर्थिक बर्ष ०७४ /०७५ मा ३ सय ४६ वटा मुद्या दर्ता भएकोमा १ सय ३८ थान सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

नयाँ मुलुकी सहिंता जारी भएसँगैै पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध बिच्छेदका घटनामा बृद्धि आएको पोखरेको भनाई छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि आएको उहाँले बताउनु भयो ।

आर्थिक बर्ष २०७५ /०७६ मा जवरजस्ती करणीका २२, बहुविवाह २३, बालविवाह र बहुविवाह ३, कर्तव्य, ज्यानमार्ने उद्योग, सवारी ज्यानका ३७, बोक्सी २ मुद्या दर्ता भएका छन् । जिल्लामा पहिलो पटक धार्मिक कसुर सम्बन्धी एक मुद्या दर्ता भएको छ ।

८२ प्रतिशत मुद्दा फर्छौट

जिल्ला अदालत सल्यानले आर्थिक बर्ष लक्ष्य भन्दा बढि मुद्या फर्छौट गर्न सफल भएको छ । ४ सय ७९ वटा मुद्धा मध्य ३ सय ९४ वटा मुद्या फर्छौट गर्न सफल भएको अदालतले जनाएको छ । २ सय ६३ मुद्याा आउने लक्ष्य राखेकोमा ४ सय ६९ लगत भएको पोखरेलले बताउनु भयो । ८२ दशमलव २५ प्रतिशत मुद्या फर्छौट गर्न सफल भएको उनको भनाई छ ।

जिल्लामा सम्बन्ध बिच्छेदका घटनाले बढि महिलाहरु नै पिडित हुने गरेको देखिएको छ । सम्बन्ध बिच्छेद गर्ने बालबालिकाको भविश्य बढि प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्