समता अस्पतालकी सञ्चालकसहित तीनजना धरौटीमा रिहा



काठमाडौं । कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेका समता अस्पतालकी सञ्चालक कला सञ्जेलसहित तीनजना तीन/तीन लाख धरौटी बुझाएर रिहा भएका छन् ।

धरौटी बुझाउन नसकेपछि बुधबार उनीहरूलाई जेल चलान गरिएको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर उनीहरू बिहीबार रिहा भएका हुन्।

समता अस्पतालमा सफाई कर्मचारीका रुपमा काम गर्दै आएकी बिमला तामाङको शव गत असार ३ गते मृत अवस्थामा फेला परेको थियो । उनको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो । मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै किटानी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्