आऊ न माया सार्वजनिक



पुष्पल खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो आऊ न माया सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत तथा वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर रहेको छ भने एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्।

राजकुमारी मेलामा जाँदाको रमाइलो दृश्यलाई भिडियोमा कैद गरिएको छ। भिडियोलाई निसान घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा बाल कलाकार आयुष र अंशु गुरागाईंको समेत आकर्षक नृत्य समावेश गरिएको छ।

सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्