इरानविरुद्धको सैन्य कारबाहीलाई समर्थन हुँदैनः जोनसन



लन्डन (एजेन्सी) ।
बेलायतका पुर्व विदेशमन्त्री तथा प्रधानमन्त्री पदका आकांक्षी बोरिस जोनसनले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै इरान विरुद्ध अमेरिकी नेतृत्वको युद्धलाई उनले समर्थन नगर्ने बताएका छन् ।

अमेरिकाका लागि बेलायती राजदुतको फिर्ता विवादलाई लिएर वासिंगटन र लन्डनबीच तनाव बढिरहेको बेला उनको उक्त बक्तब्य आएको हो । नेतृत्वका लागि भएको एक वादविवादमा जोनसनले इरानी शासकलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्न पश्चिमी प्रशासनहरु कुटनितिक समाधानमा केन्द्रित हुनु पर्ने बताए ।

अमेरिकी हस्तक्षेपलाई सहयोग गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा त्यसतो नगर्ने प्रष्ट पारे । उनले भने– म तपाईहरु सबैसँग यो राती अत्यन्तै खरो र प्रष्ट हुनेछु, यदि इरानसँगको युद्ध गर्नु पश्चिममा हाम्रा लागि अहिलेको सबैभन्दा संवेदनशिल विकल्प हो भन्ने कुरामा म विश्वास गर्दिन ।

कुटनितिक पहललाई अगाडी बढाउनु सबैभन्दा उत्तम उपाय भएको थप्दै उनले भने– यदि म प्रधानमन्त्री भएको स्थितिमा इरान विरुद्धको सैन्य कारवाहीलाई मेरो समर्थन हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफमा हुँदैन भन्ने हो ।

बर्तमान प्रधानमन्त्री टेरिजा मेलाई प्रतिस्थापन गर्ने अर्को उम्मेदवार विदेशमन्त्री जेरेमी हन्टले पनि इरानको यस मुद्दामा आफनो विचार पनि जोन्सनकै समान भएको बताउँदै त्यस क्षेत्रमा ‘दुर्घटनावस युद्ध‘ हुने जोखिम रहेको बताए ।

गतबर्ष अमेरिकाबाट घात भएको इरानसँगको परमाणु सम्झौतालाई जोगाउने सानो सम्भावना रहेको उनले बताए । अमेरिकी राजदुतबाट राजिनामा दिइसकेका डरोकले चुहावत भएको एक दस्तावेजमा ट्रम्पले इरान परमाणु सम्झौता लत्याउनुको प्रमुख कारण उनका अग्रज बाराक ओबामालाई अपमान गर्ने कुटनितिक गुन्डागर्डी भएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्