फोहरबापत निःशुल्क भोजन योजना



नयाँदिल्ली,(एजेन्सी)
भारतको छत्तिसगढको अम्बिकापुरमा स्थानिय सरकारले गार्बेज क्याफे योजना सुरु गरेको छ । नगर निगमले शहरका गरिब र घरबारबिहिनहरुलाई फोहरको रुपमा फालिएका प्लाष्टिक टिपेर ल्याए वापत खाना प्रदान गर्ने नयाँ कार्यक्रम अघिसारेको छ ।

अभियानका अनुसार सडकमा छरिएका एक किलो प्लाष्टिक क्यारी ब्याग ल्याउनेलाई निःशुल्क दिवा वा रात्रि भोजन तथा आधा किलो प्लास्टिक क्यारी ब्याग ल्याउनेलाई पेटभरी नास्ता ख्वाइने भएको छ । शहरको बस प्रतिक्षालयबाट यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सोमबार पेश भएको नगर निगम बजेटमा यो योजनाका लागि साढे पाँच लाख भारतिय रुपैंयाको व्यवस्था गरिएको छ । यस कार्यक्रमलाई सफल र प्रभाबकारी बनाउनका लागि आवश्यकता अनुसार निर्वाचित जनप्रतिनिधीबाट पनि सहयोग लिइने भएको छ ।

यसका साथै यस कार्यक्रममा सरिक घरबार बिहिन व्यक्तिहरुका लागि बस्ने प्रबन्ध समेत मिलाइने छः। यो योजनालाई वातावरण प्रदुषण नियनत्रण अभियानसँग जोडिँदै छ ।

प्रतिक्रिया दिनुहोस्