सुडानमा सेना र विपक्षीबीच सम्झौतामा हस्ताक्षर



खार्तुम,(एजेन्सी) ।
सुडानको सत्तारुढ सैनिक परिषद र विपक्षी नेताहरुबिच रातभरिको छलफलपछि बुधवार सत्ता साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सुडानको सैििनक परिषदका उपाध्यक्ष मोहमद हमदान ‘ हेमेती ’ दागोलोले यसलाई ऐतिहासिक क्षणको संज्ञा दिएका छन् ।

सेनाले गत अप्रिलमा राष्ट्रपति ओमार अल बसिरलाई अपदस्थ गरेयता सुडानमा राजनीतिक अस्थिरता व्याप्त रहेको छ । प्रदर्शनकारीहरुले सेनालाई जनताका ेहातमा सत्ता सुम्पन माग गरिरहेका छन् ।

उत्तः प्रदर्शनले हिंसात्मक रुप लिएपछि सेनाले त्यसलाई दमन गर्न बल प्रयोग गर्दा एक सय जना भन्दा बढि मानिसको ज्यान गएको थियो । नयाँ सम्झौता अनुसार दुवै पक्षले पालै पालो तीन वर्ष सत्ता चलाउनेबारे सहमति भएको छ ।
नयाँ नीति अनुसार परिषदमा पाँचजना सैनिक व्यक्तित्व र पाँचजना सर्वसाधारण तथा ति दसजनाले अर्को एकजना सर्वसाधारण चयन गर्ने बताइएको छ । अर्को चुनाव नहुनजेल २१ महिना सम्म सो परिषदको अध्यक्षता एकजना सैनिक जनरलले तथा बाक्ी १८ महिना कुनै सर्वसाधारणले नेतृत्व सम्हाल्ने बताइएको छ ।

सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि कानुनी प्रत्याभूति खोजिरहेको थियो तर हस्ताक्षरित समझौता यसबारे केहि उल्लेख गरिएको छैन । बरु सम्झौतामा उक्त हिंसाबारे अनुसनधान गराउने प्रतिवद्धता जनाएको छ । यसैगरी शुक्रवार संवैधानिक विषयमा छलफल तय हुने आशा गरिएको छ ।

यस सम्झोताका लागि दुवैपक्ष बिच लामो चरणको वार्ता हुँदै आएको थियो । यस सम्झौताका ेअर्थ सुडानमा तीस वर्ष लाो सैनिक शासनको अन्त्य भएर सत्ता पूर्ण रुपमा जन निर्वाचनबाट तय हुन लागेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्