कुटनीतिज्ञ मारिए



इस्तानवुल,(एजेन्सी)
इराकी कुर्दिस शहर इर्विलमा बुधवार मारिने दुई जना व्यक्ति मध्ये एकजना तुर्केली कुटनीतिज्ञ रहेको इराकी अधिकारीहरुले बताएका छन् । एकजना सर्वसाधरणसंगै मारिने ति कुटनीतिज्ञ इर्विल स्थित टर्कीको कुटनीतिक नियोगका उप प्रमुख रहेको अनुमान गरिएको छ ।

टर्कीले यस हत्याको वदला लिने बताइसकेको छ । एउटा रेस्टुरेन्टमा बसेर रात्रि भोजन गरिरहेकाबेला अज्ञात बन्दुकधारी अन्धाधुन्ध गोली चलाउादा तिनीहरुको ज्यान गएको हो । अहिलेसम्म यस आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसमा सो क्षेत्रका तुर्केली कुर्दिस लडाकुहरुको हात हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्