आजको मौसम: केही ठाउँमा ठूलो वर्षाको सम्भावना



काठमाडौँ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले आज केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार सामान्यदेखि आंशिक बदलीको सम्भावना भए पनि स्थानीय वायुको असरले कुनै कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको विभागले जानकारी दिएको छ ।

मनसुनी गतिविधिसँगै स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो वर्षा हुँदा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा खोला तथा नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना पनि रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्