बाई बाई एजेन्डा



सार्वजनिक स्थलमा ‘फ्री वाईफाई’ निर्वाचनताका प्राय सबै दलको राजनितिक एजेन्डा बन्या थ्यो । फ्री वाईफाईको एजेन्डालाई प्राथमिकता दिएका दुई वामदल एक भा’छन्, सत्ताको रथ दौडाई रा’छन् ।

तर वाम सरकारले वाईफाई एजेन्डालाई बाईबाई ग¥या हो कि टोल वस्ती अनि सार्वजनिक स्थलमा धमाधम इन्टरनेट सुविधा थपिरा’छ धरहराले बुझ्नै सक्या छैन । इन्टरनेट शुल्कले धमाधम भ¥याङ चढ्या चढ्यै ग¥या खवर चाहिँ छथाछुल्ल सुनिन्छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले १३ प्रतिशत शुल्क बढाएको चर्चा सरकारले पनि प्रष्टै सुन्या होला, कि चर्को मायापिरेममा प¥या भएर बामदलले सुन्न भ्याएका छैनन् ?

इन्टरनेट प्रदायकले त्यतिकै शुल्क बढाउने हिम्मत ग¥या होइनन् भन्ने धरहराको ठहर छ । बालुवाटार, सिंहदरवार, पुल्चोक निवासका मठ मन्दिरमा राम्रै दानापानीका साथ आरती उतार्दै कम्पनीले यी मन्दिरका पुजारीको मन राम्रैसँग जित्या धरहराले बुझ्या छ । यस्ता मठ मन्दिरमा तीब्र गतिको फ्री वाईफाई भएसी किन कार्यान्वयन गर्नु प¥यो चुनावी एजेन्डा ?

प्रतिक्रिया दिनुहोस्