मुलुक भरका टान्सपोर्ट बन्द, मालबहाक ट्रक घर ग्यारेजमा



यमलाल भुसाल, बुटवल ।
ढुवानी व्यवसायलाई मुल्य अभिवृद्धिकर(भ्याट) तथा अनलाईन मार्फत नीगरानि गर्ने गरि सरकारले बुधवार देखि लागु गरेपछि मुलुकभरका टान्सपोर्ट बन्द भएका छन् भने माल बहाक ट्रक घर ग्यारेजमा थन्काएका छन ।

सरकारले बजेट मार्फत ढुवानी ब्यबसायलाई मुल्य अभीबृद्धीकर (भ्याट) तथा माल वहाक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्ने निती ल्याएको रउक्त नीति बुधवार देखि लागु गर्ने घोषणा अब्यबहारीक भएको भन्दै सो निती नसच्याए सम्म माल वहाल सवारी साधन र टान्सपोर्ट संचालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतस्र्फुत रुपमा बन्द गरेका छन ।

यस अघि नै ट्रक ब्यबसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाईन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसगं माग गदै नसच्चाए साउन १ गते देखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उदघोष गरेका थिए । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी ब्यबसायी नै चौपट हुने र ब्यबसाय सञ्चालन गर्न नसकिने निकर्ष निकालेका छन ।
नेपाल ट्रक यातायात ब्यबसायी महासघं नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा यो निती लाद्न खोजको र व्यवहारिक नभएकोेले ततकाल सच्चाउन माग गर्नु भयो ।

अनलाईन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सुचना प्रविधी, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।

महासघंका प्रदेस ५ सयोंजक यम प्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक नीती ल्याउदाँ ब्यबसायीहरु समस्यामा पर्ने गरेको बताउदै व्यवसायीले व्यवसाय संचालन गर्न नसक्ने भएर आफ आफै सवारी साधन घर ग्यारेजमा थन्काएको बताउनु भयोे ।

ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीति अनुसार व्यवसाय संचालन गर्न नसकिने भन्दै व्यवसायीहरुले माल बुकिङ ,ढुवानी नगरि पसल बन्द गरेको बताउनु भयो । अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रमका बीच बुधवार काठमाण्डौमा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।

प्रतिक्रिया दिनुहोस्