बाढीपहिरो पिडीतहरुको उद्धारमा नेपाली सेनाको सक्रियता उस्तै



काठमाडौँ । बाढीपहिरो पिडीतहरुको उद्धारमा नेपाली सेनाको सक्रियता अझै उस्तै देखिएको छ । गत असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रको सहयोगमा अझै लागि परिरहेको देखिएको हो ।

सेनाको टोलीले विभिन्न ठाउँमा अवरुद्ध भएका सडकहरु खुलाउनतर्फ पनि सक्रिए भएर लागिपरेको देखिन्छ । विभिन्न किसिमका जनहितका कार्यहरुलाई नीरन्तरता दिने क्रममा रौतहट जिल्लाको गौर नगरपालिका– ४ टिकुलिया, ईश्नाथ नगरपालिका– १ बन्जहरा, धनुषा जिल्लाको नगराईन नगरपालिका २ लग्माजडही, महोतरी जिल्लाको बलवा नगरपालिका, मनरा सिसवा नगरपालिका, साम्सि गाउँपालिका र डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका– ३ मा राहत वितरणमासमेत लागिपरेको छ ।

पुरा विवरण हर्नुहाेस्ः

त्यस्तै सिरहाको तुलसीपुर–सुखीपुर जोड्ने पुल बाढीले बगाएपछि आवातजावातमा समस्या आएपछि अस्थायी पुल निर्माण गरेको छ । महोतरी पिपरामा बाटो कटान भई पानी जमेर सर्वसाधारण आवतजावतमा समस्या आएपछि रबरबोट सञ्चालन गरेको छ ।

IMG

प्रतिक्रिया दिनुहोस्