नेपाल रेडक्रसले मनसुन तयारी योजना बनाएर कर्मचारी परिचालन



नेपाल रेडक्रसले मनसुन तयारी योजना मुताविक इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ। यसअनुसार विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत, उद्दार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको छ।


देशका अधिकाँश स्थानमा परेको अविरल बर्षाले सडक अबरुद्ध, डुवान, वाढी र पहिरोका घटनाहरू हुँदैगर्दा स्थानीय निकाय, सरकार, शुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित भएका हुन्।

नेपाल रेडक्रसका विपद् व्यवस्थापन उप निर्देशक हरिमोहन श्रेष्ठले भन्नुभयो: पहिलो चरणमा मानिसहरूको ज्यान जोगाऊने, उद्यारको काममा नै स्थानीय स्तरमा रेडक्रसकर्मीहरू लागिरहेका छन्। खासगरी प्रदेश नं एक, दुई र तीनमा मा वढी जनधनको क्षति भएको देखिएको छ। डुवानको समस्या रौतहट, उदयपुर, सिरहा लगायतको क्षेत्रमा गम्भीर छ।

अस्तिदेखि परेको पानीले काठमाण्डौँको धर्मस्थलीमा डुबानमा परी अनाज र घर क्षति भएका अति प्रभावित १४ घर परिवारलाई सम्बन्धित वडाको सिफारिस एवं उक्त नगरपालिकाका उपमेयर भवनी डोटेल धिताल, वडा अध्यक्ष मधु कार्कीको उपस्थितमा नेपाल रेड्क्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले तत्कालीन राहत उपलब्ध गराएको जिल्ला शाखाका मन्त्री श्यामकाजी डोटेलले जानकारी दिनुभएको छ।
यस्तै तीनथानाको पहिरो रोकथामको लागि २०० र कुलेश्वरको वाढी रोकथामको २०० वटा बोरा नेपाल रेडक्रसले शसस्त्र प्रहरीलाई उपलव्ध गराएको छ। ती वोराहरूमा बालुवा भरी अस्थायी छेकवार गर्ने काम भइरहेको छ।

डोटी र दार्चुलामा भारी वर्षा भइरहेको र क्षतिहुन सक्ने भएकोले खोला नदी छेउछाऊ र पहिरो जानसक्ने क्षेत्रमा समुदायलाई सतर्क रहन आव्हान गरिएको छ।

नेपाल रेडक्रसले आपत्कालीन सहयोगको लागि देशका विभिन्न स्थानमा राहत सामग्रीहरू पुर्याईसकेको र द्रुत सर्वेक्षण संगसंगै सामग्री वितरण गरिने सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्