पाकिस्तानको हवाई क्षेत्र पुनः खोलियो



इस्लामावाद, (एजेन्सी) ।
भारतसंग भएको राजनीतिक तनावको कारण बन्द गरिएको हवाई क्षेत्रलाई पाकिस्ततानले मंगलवार देखि पूर्ण रुपमा पुन खोलेको छ । झण्डै पााच महिनपछि पाकिस्तानले नागरिक उडानका लागि आफ्नो आकास खुल्ला गरेको पाकिस्तानको सरकारी सुत्रले औपचारिक घोषणा गरेको हो ।

यो क्षेत्रलाई उडान निषेधित गरिए वापत अन्तर्राष्ट्रिय एयरलायन्सहरु दशौ ंलाख बढि खर्चेर पाकिस्तन वरपरका अन्य हवाइमार्गबाट आफ्ना उडान संचालन गर्न बाध्य भएका थिए । यसबाट सबैभन्दा बढि भारतिय राष्ट्रिय ध्वजा वाहक इयर इन्डिन र अन्य भारतिय एयरलायन्सहरु नराम्राी प्रभावित हुन पुगेका थिए ।

पाकिस्तानको वलाकोट स्थित इस्लामिक लडाकुहरुको तालिम केन्द«लाई लक्षित गरिएको भन्दै गत फ्रेवअरीमा भारतले हवाई आक्रमण गरे यता पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा अन्तरोष्ट्रिय उडान निषेध गरेको थियो ।
पाकिस्तानमा मुख्य अखडा रहेको बताइएका इस्लामिक लडाकुको आत्मघाती आक्रमणको कारण भारत अधिनस्थ काश्मिरमा आफ्ना चालिस जना भन्दा बढि सैनिकको ज्यान गएपछि भारतले पाकिसतान माथि हवाई आक्रमण गरेको थियो । सो आक्रमणको कारण दुवै मुलुक करिव करिव औपचारिक युद्धको स्थितीमा पुगिसकेका थिए ।

पाकिस्तानले गरे जवाफी हमलामा पाकिस्तानले एउटा भारतिय लडाकु विमान खसालिदिँदा त्यसका पायलट पाकिस्तान भुमिमा झर्न पुगेका थिए । तर पाकिस्तानका प्रधानमन्त्री निक ैसमझदारी र सदासयता प्रदर्शन गर्दै केहि समयमै ति पाकिस्तानी सेनाको नियन्त्रणमा पुगेका पायलटलाई सकुशल भारत सरकार समक्ष सुपुर्दगी गरेको थिए ।

खानको यस कार्यकाे विश्वभरि नै प्रशंसा भएको थियो । पाकिस्तानले मार्च महिनामै आशिक रुपमा हवाई क्षेत्र खुला गरेको थियो । तर भारत हुँदै आउने र जाने उडानका लागि भने हवाई मार्ग बन्दै राखिएको थियो ।

मंगलवार विहान सवेरै पाकिस्तानले हवाई क्षेत्र विगतमा जस्तै सामान्य रुपमा सुचारु गरिएको पाकिस्तानी नागरिक उडयन निकायको वेवसाइटमा राखिएको सुचना मार्फत जानकारी गराइएको हो । यसैबि चभारतिय उडयन मन्त्रालयले पनि अव दुवै मुलुकका हवाई क्षेत्रमा कुनै प्रतिवनध नरहेको स्पष्ट पारेको छ ।

भारतिय हवाई सेवा प्रदायक एयर इन्डिया, स्पाइस जेट , इन्डिगो र गो एयरले पाकिस्तानी हवाई क्षेत्र बन्द गरिएकै कारण आठ करोड अमेरिकी डलर वरावरको थप व्ययभार वेहोर्नू परेको भारतका उडयन मन्त्री हरदिप सिंह पुरीले हालै संसदमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्