सोप पाउडर बट्टाभित्र कोकिन !



रियो डि जेनेरो, (एजेन्सी) ।
ब्राजिलका सर्वसाधारण ग्राहकहरुले किनेर ल्याएका सोप पाउडरका बटाभित्र अत्यन्तै महँगो लागुपदार्थ कोकिन भेटिएपछि छक्क परेका छन् । तिनीहरुले साओ पाउलो शहर स्थित एउटा सुपरमार्केटमा किनेको ति बटाहरुमा कोकिन फेला पारेका हुन् ।

यो खवर सार्वजनिक हुनासाथ प्रहरीले गरेको गम्भीर अनुसनधानपछि एर्मेलिनो माताराज्जो जिल्लामा रहेको स्टोरबाट कम्तिमा असी किलोग्राम कोकिन वरामद भएको छ । कोकिनका पकेटका तस्वीर सहित टिव्ट गर्दै प्रहरीले आफुहरु सडक सडकबाट अपराधिको सफाया गरिरहेको बताएका छन् ।

गुप्तचरहरुले सामेवार सो पसलबाट सोप पाण्डर किन्नेहरु नै लागु औषध ओसार प्रसारमा संलग्न रहेको अनमान गरेका छन् । तर केहि प्रहरीले भने गल्तीवश ति कोकिन भरिएका बटाहरु पसलमा बिक्रिका लागि राखिएको हुनुपर्ने बताएका छन् ।

जि वन न्युज वेवसाइटले एकजना ग्राहकले सोप बक्स सोही स्टोरमा फिर्ता गरेको तथा अर्को एकजनाले भने स्थानिय प्रहरी चौकीमा बुझाएको बताएको छ । साव पाउलो सैनिक प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ , ‘हाम्रा अधिकारीहरु घटनास्थलमा पुग्दा केहि व्यक्तिले अझै त्यस्ता सामान स्टोरमा ओसारिरहेका थिए । त्यसपछि तिनीह्रुले भाग्ने प्रयास गरेका थिए ।’

प्रहरीले यस काण्डमा स्टोरक ैतीनजना कर्मचारी लगायत चारजनालाई पक्राउ गरिएको स्थानिय संचार माध्यमलाई जानकारी दिएको छ । गुप्तचर अधिकारी ओलिभियो लिराले स्थानिय अखवार दि गार्जियनलाई आफुले जीवनमै पहिलो पटक यसरी कोकिन सोप बक्स भित्र राखिएको देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्