कुरान बाँड्ने अदालतको आदेश अस्वीकार



राँची, (एजेन्सी) ।
फेसबुकमा आपत्तीजनक टिप्पणी गरेकोमा भारतको झारखन्डको एक अदालतद्वारा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको ५ प्रति बाड्नु दिएको आदेश पाएकी छात्रा रिचा भारतीले अदालतको उक्त फैसला मान्न अस्विकार गरेकी छन् ।

रिचाले अदालतको यो आदेश सही नभएको बताएकी छन् । अदालतको यस फैसलालाई लिएर सामाजिक सन्जालमा ब्यापक प्रतिक्रिया देखिएका छन् । झारखन्डको राजधानी राँचीको एक अदालतले रिचालाई कुरानका ५ प्रति बाँट्नु पर्ने सर्तमा जमानत दिएको थियो ।

एक निजी च्यानलसँगको कुराकानीमा रिचाले भनिन्– म कुरान बाँध्न चाहन्न । आज कुरा बाँध्न भनिरहेको छ, भोली तिमी इस्लाम स्विकार गर भन्ला ।
फेसबुकमा धार्मिक रुपमा आपत्तिजनक पोस्ट मामिलामा रिचामाथि मुद्दा दर्ता गरिएको थियो । त्यसपछि प्रहरीले रिचालाई गिरफ्तार गरेको थियो र उनलाई जेल हालिएको थियो । हिन्दु संगठन सहित स्थानियले प्रहरीको उक्र कदमको कडा विरोध गरेका थिए । शनिबार स्थानियले प्रहरी चौकी अगाडी धर्ना प्रदर्शन गरेका थिए । उक्त धर्नापछि प्रहरीले रिचालाई छिट्टै रिहा गर्ने आश्वासन दिएको थियो ।

न्यायिक म्याजिस्ट्रेट मनिष सिंहले आरोपी रिचा भारतीलाई जमानत दिएको थियो । उनलाई कुरानको एक प्रति इस्लामिक कमिटी र ४ अन्य प्रति विभिन्न स्कुल तथा कलेजलाई दान गर्न आदेश दिइएको थियो । रिचाका वहिल राम प्रवेश सिंहले भने– अदालतले सशर्त जमानत दिएको हो । यस अन्तर्गत रिचाले प्रशासनको उपस्थितिमा अंजुमन इस्लामियालाई कुरानको एक प्रति सुम्पनु पर्नेछ र त्यसका रसिद लिनु पर्ने हुन्छ ।

रिचाले स्थानिय प्रहरीको मद्दतबाट विभिन्न स्कुल तथा कलेजलाई कुरानका ४ प्रति दान गर्नु पर्नेछ । रिचालाई आगामी १५ दिन भित्र पाँचैवटाको रसिद अदालतमा जम्मा गर्नु पर्ने उनले जानकारी दिए ।

रिचाले अदालतको आदेशलाई आफनो मौलिक अधिकारको हनन भएको बताएकी छन् । फेसबुकमा आफनो धर्मका बारेमा लेख्नु कसरी अपराध हुन्छ भन्ने प्रश्न तेस्र्याउँदै फैसलाको पुर्णपाठ प्राप्त भएपछि कुरान बाड्नुे वा आदश विरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने विषयमा निर्णय गर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्