कर नीतिको विरोधमा प्रदर्शन



विराटनगर, (नेस)
साउन १ गतेदेखि लागू हुने कर नीतिप्रति असहमति जनाउ“दै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघले मंगलबार प्रदर्शन गरेका छन् ।

विराट व्यापार संघको आयोजनामा गरिएको विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघलगायत १३ वटा संघको उपस्थिति रहेको थियो ।

¥यालीमा सहभागीले ढुवानीमा लगाइएको भ्याट खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, अव्यहारिक ट्रयाकिङ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । साउन १ गतेदेखि सञ्चालनमा आउने वेभमा आधारित ढुवानी प्रणाली अव्यवहारिक रहेको ब्यवसायीहरुको ठहर छ ।

साथै बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर्नुपर्ने, ढुवानीकर्तालाई लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्र्ने, ज्यालादारी कामदारमाथि लगाइएको पान नम्बरको अनिवार्यता खारेज गर्नुपर्ने, बैंक खातामार्फत पारिश्रमिक भुक्तानी गर्ने प्रावधान खारेज गर्नुपर्ने, जनतास“ग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको प्रावधान परिमार्जन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्