एकैपटक धेरै बैंक मर्जरमा जाँदा शेयर बजारमा ‘धक्का’ लाग्ने



नेपाल समाचारपत्र, काठमाडौं ।
अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर चलेको छ । २८ वाणिज्य बैंकमध्ये २२ बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रतिबद्धता जनाइसकेका छन् ।

ग्लोबल आइएमई र जनता बैंकले मर्जरका लागि सहमति गरिसकेका छन् भने सिटिजन्स बैंक र सहयोगी विकास बैंक पनि मर्जरमा जा“दै छन् । बैंकहरु मर्जरमा जाने सहमति गरेस“गै पु“जीबजारमा त्यसको प्रभाव देखिएको छ । एकैपटक ठूलो संख्यामा बैंकहरु मर्जरमा जा“दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धेरै कम्पनीको शेयर कारोबार रोकिने र त्यसले पु“जीबजारमा गम्भीर समस्या निम्त्याउने सरोकारवाहरुहरूको भनाइ छ ।

पूर्वबैंकर अनलराज भट्टराईले बैंक तथा वित्तीय संस्थाको मर्जरपछि कारोबार रोक्दा शेयर बजारमा नकारात्मक प्रभाव पर्न जाने र लगानीकर्ता नै निरुत्साहित हुने बताउनुहुन्छ । अहिले शेयर बजारमा करिब ८० प्रतिशत बैंकिङ क्षेत्रकै प्रभाव रहेको छ । मर्जरका लागि शेयर कारोबार रोकि“दा यसले समग्र पु“जी बजारलाई नै असर गर्ने उहा“को भनाइ छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जरका लागि कति समय लाग्छ भन्ने निश्चित हु“दैन ।’ उहा“ले भन्नुभयो–‘यो त ३ महिना, ५ महिना, जति पनि रोकिन सक्छ । यसकारण लगानीकर्तामा अन्योलता बढ्छ र निरुत्साहित हुने अवस्था सिर्जना हुन्छ ।’ लगानीकर्ताको हितलाई हेरेर राष्ट्र बैंकले सुशासन कायम गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।

उहा“ले मर्जरका लागि सहमति हुने अवस्था आउने वित्तिकै डीडीए सकिहाल्ने र छिटो नै कारोबार खुलाउने हो भने पु“जी बजारमा सहज स्थिति सिर्जना हुने उल्लेख गर्नुभयो । ‘सम्झौता हुने अवस्था आएपछि डीडीए गर्ने र एकैपटक मर्जरमा जाने हो भने कारोबार रोक्का गरिरहनै पर्दैन,’ उहा“ले भन्नुभयो ।
मर्जर हुने अवस्था सिर्जना हुने बित्तिकै डीडीए तयार पार्ने, स्वाप रेसियो तयार पार्ने जस्ता प्रक्रिया पूरा गर्ने अनि मात्रै प्रतिबद्धता पेस गर्न राष्ट्र बैंकले नै निर्देशन दिनुपर्नेमा उहा“को जोड छ ।

एकैपटक ठूलो संख्यामा बैंकहरु मर्जरमा जाँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धेरै कम्पनीको शेयर कारोबार रोकिने र त्यसले पुँजीबजारमा गम्भीर समस्या निम्त्याउने सरोकारवाहरुहरूको भनाइ छ ।

यस्तै पु“जीबजार लगानीकर्ताहरुको संगठन इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले एकैपटक धेरै बैंकहरुको कारोबार रोकि“दा पु“जी बजारमा नकारात्मक असर पर्र्ने बताउनुभयो । एकैपटक २०÷२२ वटा बैंकहरु मर्जरमा जाने सबैको कारोबार रोकिदि“दा ब्रोकर तथा लगानीकर्ता मारमा पर्ने उहा“को भनाइ छ । उहा“ले भन्नुभयो–‘ यसरी धेरै बैंक तथा वित्तीय संस्थाहरुको कारोबार रोक्दा शेयर बजारमा असर पर्न जान्छ, लगानीकर्ताको पु“जी त ‘ब्लक’ हुन्छ ।’

‘मस“ग कुनै कम्पनीको शेयर छ तर कुनै आवश्यक परेको बेला बिक्री गर्न नपाउने हो भने यसले गम्भीर समस्या निम्त्याउछ, एकैपटक धेरै कम्पनीको कारोबार रोकि“दा पु“जीबजारमा तहल्का मच्चिन्छ ।’ रौनियारले भन्नुभयो ।
उहा“ले बैंक तथा वित्तीय सँस्थाहरुको मर्जरको नाममा पु“जी बजारमा कारोबार नै रोक्नु एकदमै अव्यवहारिक भएको बताउनुभयो । उहा“ले कारोबार रोक्नैपरेमा एक हप्ताभन्दा बढी नरोक्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । पु“जीबजारमा कारोबार रोकेर लगानीकर्ताको घरगृहस्थी कसरी चल्छ ? उहा“को प्रश्न छ ।

पु“जीबजारका विश्लेषक नवीन पुडासैनीले पु“जी बजारमा एउटा समूहको कारोबार रोकिएमा लगानीकर्ताहरु अर्को समूहप्रति आकर्षित हुने बताउनुभयो । उहा“ले बैंकिङ समूहमा कारोबार रोकिने बित्तिकै लगानीकर्ताहरु अरु समूहजस्तै इन्स्योरेन्स, होटल, हाइड्रोपावरलगायतका समूहमा आकर्षित हुने बताउनुभयो । जसबाट नया“ लगानीकर्ता तथा नबुझिकन लगानी गर्ने लगानीकर्ताहरु फस्ने सम्भावना पनि प्रवल हुने उहा“को भनाइ छ। उहा“ले भन्नुभयो–‘नाफा हेरेरै लगानी गर्छन भने त राम्रै होला तर नबुझिकन लगानी गरेमा त्यसको जोखिमको सम्भावना बढ्छ ।’

नेपाल लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बैंक तथा वित्तीय संस्थाहरुको बिग मर्जरका कारण पु“जी बजारमा तत्कालका लागि नकारात्मक प्रभाव पर्ने भए पनि दीर्घकालीन रुपमा यसबाट धेरै लाभ हुने बताउ“दै केही समय कारोबार रोकि“दैमा हड्बडाउन नपर्ने उल्लेख गर्नुभयो ।

उहा“ले भन्नुभयो–‘बिग मर्जरका कारण पु“जी बजारमा कारोबार रोकिन्छ, जसबाट अहिले त असर पर्छ नै तर दीर्घकालीन रुपमा भने फाइदा नै हुन्छ ।’ अहिले लगानी गर्न अन्योलता सिर्जना हुन सक्ने बताउ“दै उहा“ले जानेर बुझेर मात्रै पु“जी बजारमा लगानी गर्न लगानीकर्तामा आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्