विप्लवका दुई कार्यकर्ताद्वारा आत्मसर्मपण



राजेन्द्र गजुरेल, नुवाकोट ।
नेत्रविक्रम चन्द नेकपा(विप्लव)का दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपणसहित पार्टी परित्याग गरेका छन् ।

मंगलबार प्रेस बिज्ञप्ति जारी गरी सुर्खेत नगरपालिका वडा नं ४ बस्ने १९ वर्षिय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका वडा नं ७ का ३६ वर्षिय सरोज न्यौपानेले पार्टि परित्याग गरेको जनाएका हुन् ।

उनीहरू बिगत केहि महिनादेखि नेकपा विप्लवको साधारण सदस्यका रुपमा कार्य गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् । उनी दुई महिना अगाडि उक्त पार्टीमा क्रियाशिल भई एकमहिनादेखि नुवाकोटमा सक्रिय रहेका थिए । भण्डारीले यसै साल एस.ई.ई उत्तीर्ण गरी काठमाडौँबाट नुवाकोट आई काम गरिरहेका थिए ।

उनीहरुले आफ्नो ज्यान सुरक्षाको माग समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पार्टि त्यागेपछि दुवै जना स्वतन्त्र भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले असुरक्षित महसुस भएमा जुनसुकै बेला सुरक्षा दिन प्रहरी तयार हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्