मालबाहक गाडी आजदेखि ट्रयाकिङ



दीपेन्द्र थापा, काठमाडौं ।
मालबाहक गाडीमा आजदेखि ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली (भीसीटीएस) वेव पोर्टल शुरू भएको छ । राजस्व चुहावटलाई नियन्त्रण गर्न र राजस्व संकलनलाई चुस्त बनाउन ट्रयाकिङ प्रणाली लागू गर्ने भएको हो ।
सरकारले आर्थिक वर्ष २०७६÷०७७को बजेटमा उल्लेख गरेअनुसार सो प्रणाली लागू भएको हो । असारदेखि आंशिक रुपमा लागू गरिएको यो पोर्टल बुधबारबाट पूर्ण कार्यान्वयनमा आउने राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

विभागले मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ढुवानी गर्नुपूर्व ढुवानी कम्पनी वा व्यवसायीले वा आयातकर्ताले माल सामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसार–पसार गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम विकास गरिएको नया“ सफ्टवेयर प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको हो । भीसीटीएस सेवाको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट शुभारम्भ गर्ने कार्यक्रम छ । सरकारले असार २३ गते राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । यो पोर्टल पूर्ण रुपमा कार्यान्वयनमा आएपछि कही“ पनि विभागका चेकपोष्ट नरहने विभागका महानिर्देशक मैनालीले जानकारी दिनुभयो । यो प्रणालीबाट ढुवानीकर्ताका सम्पूर्ण विवरण अनलाइनबाटै जानकारी लिन सकिने छ । यस्तै अब कतै पनि हाम्रो चेक पोष्ट राखिदने छैन ।

प्रणालीले वैध कारोबार सहज हुनेछ, अवैध कारोबार निगरानी बढ्ने, भरपर्दो हुने, सहज रुपमा अनुगमन गर्न सकिने, काजगपत्र देखाउन नपर्ने, महानिर्देशक मैनाली भन्नुभयो–‘सवारी हिड्नुभन्दा अगाडि समानको इन्ट्री गर्नुपर्छ, सो वेब प्रणालीमा इन्ट्री गरी क्यु आर कोड जेनेरेट हुन्छ र सवारीको निगरानी भइरहेको हुन्छ, सवारी गन्तव्यमा पुग्न साथ पुनः जानकारी इन्ट्री गराएर समान रिसिभ गर्नै सक्नेछन्।

सो प्रणालीमा पठाउने ट्रेड कम्पनी, चालकका साथै सामानको प्रकृति समेत खुलाएर विवरण इन्ट्री गरिन्छ । सामान गन्तव्यमा पुगे नपुगेको सामान सम्बन्धित निकायले पाएन पाएको समेत अनलाइनबाट नै ट्रयाकिङ गरिन्छ । एकपटक इन्ट्री गरेपछि पुनः थपघट गर्न भने पाइनेछैन ।

ढुवानीकर्ता, थोक बिक्रेता, आयातकर्ता, उत्पादक सबैले डिजिटलको माध्यमबाट सहज रूपमा उपयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । सरोकारवाला निकायले अवलम्बन गरे÷नगरेको विभागले निगरानी राख्नेछ । यदी सो अनुशरण नगरेको पाएमा ५० हजारदेखि १ लाख रुपिया“सम्म जरिवाना हुनेछ ।

सरकोकारवाला निकायस“गको छलफलबाट सो प्रणालीको विकास गरिएको महनिर्देशक मैनालीले बताउनुभयो ।‘काठमाडौंमा चेम्बर अफ कर्मस, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ लगायत आठ सरोकारवाला निकायहरु सँगको छलफल गरी प्रणालीलाई पूर्ण रुप दिइएको छ,’ मैनालीले भन्नुभयो–‘काठमाडौं बाहिर भने मेचीदेखी महाकालीसम्म २० वटा सरकोकारवाला पक्षस“ग छलफल गरी प्रणालीको विकास गरेका छौं ।’

विभागका अनुसार ढुवानीकर्ता, थोक बिक्रेता, आयातकर्ता, उत्पादक सबैले डिजिटलको माध्यमबाट सहज रुपमा सबैले उपयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । सरोकारवाला निकायले अवलम्बन गरे÷नगरेको विभागले निगरानी राख्नेछ । यदी सो अनुशरण नगरेको पाएमा ५० हजारदेखि १ लाख रुपिया“सम्म जरिवाना गर्ने विभागका महानिर्देशकको कानुनी क्षेत्रअधिकार रहेको मैनालीले बताउनुभयो ।

‘प्रणालीले इमान्दारलाई प्रोत्साहन गर्नेछ, बैमानीलाई दण्डित गर्ने सहज, राजस्व चुहावट नियन्त्रण हुनेछ ।’ सो प्रणालीमा १ लाख प्रत्यक्षरुपमा आबद्ध हुने आ“कलन विभागको छ । प्रणाली भन्सार विभाग र आन्तरिक राजस्व कार्यालयको कम्प्युटर प्रणालीमा आबद्ध हुने भएकाले विवरण भर्न सजिलो र विश्वासिलो हुनेछ भने सेन्ट्रल सरभर सिस्टमबाट सञ्चालित हुने छ । ढुवानी गरिएको सामानबारे सम्पूर्ण घोषणा गरिएपछि गाडी गन्तव्यको लागि प्रस्थान गर्दा बाटोमा पर्ने राजस्व अनुसन्धान विभागको ढा“टमा प्रज्ञापनपत्र वा बिलबिजक बुझाउनुपर्ने झन्झट हट्न गई व्यवसाय थप सहज र पारदर्शी हुनेछ ।

मंगलबारसम्म ४ हजार बढीले ‘युजर आईडी’ बनाएका छन् । यो प्रणाली थोकस्तरको कारोबार गर्ने व्यवसायीको हकमा लागू हुने पनि विभागले जनाएको छ । शुरुवाती चरणमा भने प्रवद्र्धन गर्ने र प्रणालीको उपयोग गरी फाइदा लिन व्यवसायीलाई प्रोेत्साहन गरिने मैनालीको भनाइ छ ।

भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली (भीसीटीएस) भनेको एक स्थानबाट अर्को स्थानसम्म मालवस्तु ढुवानी गर्ने साधनहरुले मालसामान ओसार–पसार गर्नुपूर्व ढुवानी कम्पनी वा व्यवसायीले वा आयातकर्ताले मालसामानको विवरण वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसार–पसार गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम विकास गरिएको नया“ सफ्टवेयर प्रणाली हो ।

यस सम्बन्धी कानुनी व्यवस्था राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस्