गुरु पूर्णिमा कि मिठो सपनी ?



मंगलबार गुरुपुर्णिमा, गुरुहरुलाई देवतासमान आदरसम्मान गर्ने, जिवित मात्रै होइन दिवंगत गुरुहरुलाई पनि स्मरण गर्ने दिन । यस अवसरमा जिवन र जगतको वास्तविकता बोध गराउने गुरुहरुप्रति आदरभाव प्रकट गर्ने शिष्य बाक्लै देखिए÷भेटिए ।

दिवंगत गुरुका शिष्य जो हजुरवा, हजुरआमै भएसकेका छन् उनीहरुका शिष्य स्वयं गुरु भएपछि गुरुका चेला त कति हो कति । देशैगुरु चेलामय बन्यो, देश मात्रै होइन, विदेशमा छरिएकाहरुले पनि गुरुलाई सम्झिएको देख्दा धरहराले समग्र नेपालीका भागमा एक नेपाली एक चेलाको कोटा पुग्छ कि भन्ने ठहर ग¥यो ।

फेसबुट, ट्वीट्र जस्ता सामाजिक सञ्जालमा गुरु पूर्णिमा मनाएका शिष्यको लहर देख्दा समग्र नेपालीलाई अब आइन्दा नैतिक शिक्षा र आदर सम्मानको कुनै पाठ सिकाउनु पर्दैन भन्ने देखियो । तर के गर्नु यो आदर सम्मान कर्कलाको पातमा जम्या पानी र मिठो सपनीझैं हुने भएसी । गुरु पूर्णिमाको दुई दिन पछिदेखि विद्यार्थीले सडक वा अन्य कुनै सार्वजनिक स्थलमा भेटिने गुरुलाई चिन्दै नचिनेसी नैतिक शिक्षा कर्कलाको पानी बराबर भएन त पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्