४३ किलो चरेश सहित भारतीय महिला पक्राउ



चितवन । लागूऔषध चरेश सहित प्रहरीले भारतीय महिलालाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका २ बाट सोही ठाउँ बस्ने भारत मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुनलाई करिब ४३ किलो लागूऔषध चरेश सहित सोमबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्