जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ



उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा  १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका ४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङ रहेका छन् । छकटारी नगरपालिकामा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तामाङलार्ई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्