अवैध हातहतियार सहित २ जना पक्राउ



ईलाम । सोमबार राति प्रहरीले ईलाम नगरपालिका ३ बाट सन्दकपुर गाउँपालिका १ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई ३ नाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

ईलाम नगरपालिका ३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त हतियार सहित गोठमा लुकीछिपी बसेको अवस्थामा राम कुमार र कुमार फागोलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्