सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप



विमल विष्ट, डोटी । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउमा स्थानिय नागरिकका लागि खोलेका सर्पदंश उपचार केन्द्रमा हिजो आज बिरामीहरुको निकै घुईचो लाग्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाका सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुईचो लाग्न थालेको हो । सेनाका अस्पतालमा सर्पदंशका बिरामीका लागि आवस्य पर्ने एण्टीस्नेक भेनम प्रयाप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर व्यारेकले जनाएको छ ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न. २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देबीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ ।

कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखी हाल सम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिंस २०७२ सालमा स्थापना भएको उक्त उपचार केन्द्रमा बिंस २०७३ मा ३ महिला,७० पूरुष गरी १७३ जना, बिंस २०७४ मा ९९ महिला, ६१ पूरुष गरी जम्मा १६० जना, बिंस २०७५ सालमा ९६ महिला,७४ पूरुष गरी जम्मा १७० जनाको उपचार भएको छ ।

त्यस्तै बिंस २०७६ साल असार १९ गते सम्म २७ महिला, पूरुष १५ गरी जम्मा ४२ जनाको उपचार गरिएको छ । त्यस्तै कञ्चनपुरको अर्जुनीमा देबीदलगणले वि.सं. २०७१ सालदेखि खोलेको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७०७ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बिसं २०७१ सालमा १९ महिला,१८ पूरष गरी ३७ जना, बिसं २०७२ सालमा २५ पूरुष,७७ महिला गरी १०६, बिसं २०७३ सालमा २२ पूरुष,४५ महिला गरी ६७ बिसं २०७४ सालमा, ५३ पूरुष,१२० महिला गरी १७२ जना, बिसं २०७५ सालमा ४९ पूरुष, १५१ महिला गरी २०० जना, बिसं २०७६ असार मसान्त सम्ममा ४१ पूरुष तथा ८४ महिला गरी १२५ जनाको उपचार गरिएको छ । उपचार गर्न आएका हरु मध्ये ७३ जनाको सो अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र अस्पतालमा रिफर गरिएको बताईएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसकिदा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा सर्पदंश उपचार केन्द्र नलैजा विरामी मृत्युको मुखमा पुग्ने गरेको शैलैश्वरी अस्पताल दिपायलका डाक्टर ललित लिम्बु बताउनुभयो । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानियबासीहरु बताउछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार गतवर्ष मात्रै सुदूरपश्चिम भरीमा सर्प दंशका कारण ४३ जनाको मृत्यू भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याईएका बिरामीहरुले तत्काल औषधी नपाउदा उनिहरुको मृत्यू भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली,बझाङ,अछाम तथा डोटीमा गरी ६ जनाको बिसालु सर्पले टोकेका कारण ज्यान गईसकेको छ । जिल्ला अस्पतालले निःशुल्क रुपमा बितरण गर्ने एण्टीस्नेक भेनम राखिएका यहाँका कतिपए अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको स्थानियवासी बताउछन् । प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका सर्पदंशका बिरामीको अकालमै ज्यान जानथालेको स्थानियको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्