शिल्पालाई न्याय दिलाउने ओझाको दाबी



काठमाडौं, ३१ असार । केही दिन अगाडी अभिनेत्री शिल्पा पोखरेललाई कानको जाली फुट्ने गरी हमला गर्ने निर्माता एवंम पोखरेलका श्रीमान् छविराज ओझाले  गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन् । केही समय देखि चलिरहेको घरायसी द्वन्दका कारण उनिहरु अलग अलग बस्दै आईरहेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत ओझाले श्रीमती पोखरेललाई घर फर्किन आग्रह गरेका हुन् ।

फेसबुकमार्फत ओझाले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै बुढेसकालको सहारा बनेर बस्ने भए आफुले पनि आफ्ना कमिकमजोरी सच्याएर गान्धीवादी भएर बस्ने आश्वासन दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘ मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं’

ओझाले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस :

प्रतिक्रिया दिनुहोस्