आकाश र सृष्टिको हातमा रुमाल



नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काले अभिनय गरेको हातमा रुमाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने भिडियो निर्देशन प्रकाश धितालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्