४२ वर्षमा दोस्रो बिहे



बलिउड नायिका तथा पूर्वमिस इन्डिया पँजा बत्रा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छिन्।

अक्सर आफ्नो व्यक्तिगत जीवनकै कारण चर्चामा आइरहने पँजाले ४२ वर्षको उमेरमा अभिनेता नवाब शाहका साथ गुपचुपरूपमा विवाह गरेको भारतीय अनलाइन वेब दुनियाँले जनाएको छ। पछिल्लो समय प्रेमसम्बन्धमा रहेको भनिएका उनीहरूले आफ्नो प्रेम सम्बन्धका बारे भने मुख खोलेका थिएनन्। हालै मात्र उनीहरूको विवाह भइसकेको खबर अचानक बाहिर आएको हो। आफ्नो विवाहका बारेमा पनि उनीहरूले आधिकारिकरूपमा भने जानकारी दिएका छैनन्।

उनीहरूले सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै सँगै भएको तस्वीर र पँजाले लगाएको हातको चुराबाट पनि उनीहरूले विवाह गरेको भन्ने प्रष्ट भएको समाचारमा उल्लेख छ। नवाबले पनि गत ईदमा पँजासँगको आफ्नो फोटो सामाजिक सञ्जालमा सेयर गर्दै आफँहरूको सम्बन्धबारे संकेत गरेका थिए।

सन् २००२ मा अचानक सर्जन डाक्टर सोनु अहलुवालियासँग विवाह गरेकी पँजा विवाहपछि अमेरिका बसोबास गरिरहेकी थिइन्। विवाहको ९ वर्षपछि उनको सम्बन्धविच्छेद भएको थियो। पँजाले विरासत, नायक, हसिना, मान जाएगी, भाइ, फर्ज स्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन् भने नवाबले भाग मिल्खा भाग, डन–२, दिलवाले, टाइगर जिन्दा हेजस्ता फिल्ममा सर्पोटिङ रोलमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्