सानो मनलाई सकरात्मक प्रतिक्रिया



गत शुक्रबार अल नेपाल रिलिज भएको फिल्म सानो मनले सकरात्मक प्रतिक्रिया पाएको छ।

कलाकारहरू दर्शकसँग साक्षात्कार गर्न शुक्रबार र शनिबार राजधानीका विभिन्न हलमा पुग्दा यसले सकरात्मक र उत्साहजनक प्रतिक्रिया पाएको हो। फिल्मबाट नवनिर्देशक सुयोग गुरुङले तारिफ पाएका छन्। नायक आयुष्मान देशराज जोशीले पनि हालसम्मकै उत्कृष्ट अभिनयको प्रतिक्रिया प्राप्त गरेका छन्। आयुष्मान र शिल्पाको जोडीलाई रुचाइएको छ। फिल्मको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ। फिल्म हेरेर बेलाबेलामा हास्ने दर्शकहरू फिल्मको अन्त्यमा पुग्दा भावुक बनेको पाइएको छ।

फिल्म म्युजिकल लभ स्टोरीमा बनेको छ। फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टको ब्यानमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्