ओ प्रियामा अरूण र आँचलको रोमान्स



गायक, संगीतकार एवं रचनाकार वासुदेव केसीले आफ्नो पहिलो गीति अडियो एल्बम राइजिङ सनमा संगृहित एक गीतको म्युजिक भिडियो रिलिज गरेका छन्। युट्युबमार्फत रिलिज गरिएको ओ प्रिय बोलको गीतको भिडियोमा अरूण क्षेत्री र आँचल शर्माले अभिनय गरेका छन्।

भिडियोमा आँचललाई एकोहोरो प्रेम गर्ने अरूण उनलाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन्। भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेन्ज रहेको छ। गीतमा आफँले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ। ‘धेरैजसो किशोरको मनोभावलाई महसुस गरेर गीत तयार पारेको हँु’ –गायक केसीले भने।

प्रतिक्रिया दिनुहोस्