छापा मार्दा इटालीमा क्षेप्यास्त्रै फेला प¥र्यो



रोम, (एजेन्सी) ।
उत्तरी इटालीमा प्रतिआतंकवाद प्रहरी टोलीले कटर दषिणपन्थि अतिवादी समुहहरुका अखाडामा छापा मारेर सोमवार आकासबाट आकासमैप्रहार गरिने एउटा क्षेप्यास्त्र लगायत अन्य अत्याधुनिक हातहतियारहरु नियन्त्रणमा लिएको छ । यस सिलसिलामा तीनजना व्यक्तिलाई पक्राउ गरिएको छ ।

तिनीहरु मध्ये दुईजनालाई फोर्ली विमानस्थल नजिक नियनत्रणमा लिइएको प्रहरीले जनाएको छ । थुप्रै शहरमा छा मारिने क्रममा नवा नाजीका प्रोपोगान्डाहरु पनि फेलापरेको प्हरीले जनाएकाे छ ।

पूर्वी युरोपमा रुस समर्थित पृथकतावादी फौजलाई इटालियन कटर दक्षिणपन्थि समुहहरुले मद्धत गर्दै आइरहेको भन्ने सूचनाको आधारमा अनुसनधान गर्ने क्रममा ति हतियार फेला परेको बताइएको छ ।

सो क्षेप्यास्त्र कतारमा बनेको बुझिएको छ । डिगोस नामक टुरिन विशेष प्रहरी फौजको नेतृतवमा भएको अनुसन्धान कारवाहीमा मिलान , भर्सेस , फोर्ली र नोभाराका प्रहरीले सहयोग गरेका थिए । इटालियन संचार माध्यमले पक्राउ पर्नेमा पूर्व इटालियन भन्सार अधिकृत ५० वर्षिय फावियो डेल बर्गिओलो , कटर दषिणपन्थि फोर्जा नुओभा पार्टीका कार्यकर्ता ४२ वर्षिय अलेस्सान्द«ो मोन्टी र इटाली र स्विजरल्यान्डको दोहरो नागरिकता लिएका ५१ वर्षिय फावियो बनार्डी रहेको जनाएको छ ।

गत ३ जुलाईमा युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा रुस समर्थित पृकतावादीहरुसंग युद्धमा सरिक भएको अभियोगमा जेनावा स्थित अदालतले तीनजना पुरुषलाई कारवास संजाय एिको थियो । सन् २०१४ को अप्रिलमा पुर्वी यmुत्रेनमा रुस समर्थित पृथकतावादीहरुले हिंसात्मक आन्दोलन चलाए यता १० हजार भन्दा बढि व्यक्तिको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्