चीनको जीडीपीमा गिरावट



वेइजिङ (एजेन्सी) ।
अमेरिकाद्वारा चीनका सामानहरुमाथि अतिरिक्त शुल्क बढाउने र ब्यापारको विभिन्न क्षेत्रमा तनावका बिच बेइजिङको आर्थिक स्थिति खस्केको बताइएको छ ।

विश्वको दोस्रो सबैभन्दा ठुलो अर्थब्यवस्था भएको चीनले यस बर्षको दास्रो त्रैमाशिकमा उसको आर्थिक विकाश तीन दशकमा सबैभन्दा कम गतिमा बढेको जानकारी दिएको छ ।

नेसनल ब्युरो अफ स्टेटिस्टिक्स (एनबीएस)लाई उदृत गर्दै चिनिया देनिक साउथ चाइना मर्निंगले देशको कुल गार्हस्थ उत्पादन बृद्धी पहिलो त्रैमाशिकको ६ दशमलव ४ प्रतिशतबाट घटेर अप्रिल–जुनबीचको दोस्रो त्रैमाशिकमा ६ दशमलव २ प्रतिशतमा पुगेको उल्लेख गरेको छ ।

चीनका प्रधानमन्त्री ली केकियांगले मार्चमा देशका आर्थिक बृद्धीको लक्ष्य ६ देखि ६ दशमलव ५ प्रतिशतबीच तय गरेका थिए । न्युयोर्क टाइम्सका अनुसार दोस्रो त्रैमाशिकको आंकडा अनुमान अनुसारको छ ।

विशेषज्ञहरुले अमेरिका र चीनबीच मेमा ब्यापार वार्ता अवरुद्ध भएपछि र राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि भन्सार शुल्क बढाएपछि चीनको अर्थब्यवस्थामा उपभोक्ताको विश्वास घटेको बताएका छन् ।

गत शुक्रबार चीन सरकारले जुनमा उसको निर्यात १ दशमलव २ प्रतिशतले घटेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्