तीन महिना अगाडि नै कुलेखानी भरियो, भारतबाट विद्युत् आयात घटाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।
लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको जलाशय असारमै भरिएको छ । गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मिटर रहेकोमा यस वर्ष सोमबार विहानसम्ममा १५२६ मिटर पुगेको छ । सोमबार बिहान साढे ५ बजे १५२५ दशमलव १७ मिटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मिटर पुगेको हो ।

जलाशयमा अधिकतम १५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको छ ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
‘पानी पर्न भरखर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो,’ उहा“ले भन्नुभयो–‘विगतमा वर्खामा कुलेखानी विद्युत् गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत्को आयातलाई घटाएका छौं ।’
कुलेखानी पहिलो विद्युत् गृह पूर्ण क्षमतामा चलाउ“दा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । कुलेखानी बर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अध्याधिक माग हुने हिउ“दमा मात्रै चलाउने आयोजना हो । विद्युत् आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ ।

प्राधिकरणले कुलेखानी जलाशय भरि“ंदै गएका कारणले पानी निकासका लागि बा“धको गेट खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’ बाट बाहिर जान्छ।’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयोे ।

‘यसो हु“दा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बा“धमा रहेका गेट खोलेर पानी बाहिर निकाल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बा“धको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु ।’

 

 

प्रतिक्रिया दिनुहोस्