टेनिससँग क्रिकेट पछाडि



लन्डन, (एजेन्सी) ।
आईतबारको रातिको समय इंग्ल्यान्डमा भएका दुई छुट्टा छुट्टै फाइनल खेल हेर्ने दर्शक अरबौं संख्यामा पुगेका छन् ।

लर्डस् मैदानमा आयोजक इंग्ल्यान्डले क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई हराउँदा विम्बल्डन टेनिसमा नोभाक जोकोभिचले रोजर फेडेररलाई पराजित गरेका थिए । दुई वटै फाइनल खेल निक्कै लम्बिएको थियो । संजोगवश दुईटै खेल ऐतिहासिक फाइनल खेलको रुपमा परिणत भएका छन् ।

तर डेलीमेलले जनाएअनुसार टीभी दर्शकको संख्याको मामिलामा क्रिकेट पछि परेको छ । विश्वमा लोकप्रिय बनेको क्रिकेट खेल हेर्ने दर्शक संख्या र भलादमी खेलको परिभाषा पाएको टेनिस दर्शकमा फरक परेको छ । २२ जना खेल्ने क्रिकेटले २ जना खेल्ने टेनिससँग पछाडि पर्नु परेको छ ।

नोभाक र रोजरबीचको फाइनल खेल टिभीमा हेर्ने दर्शकसंख्या ८.८७ मिलियन रहेका छन् । इंग्ल्यान्डले विश्वकप क्रिकेट उपाधि ४४ वर्षपछि जितेको फाइनल हेर्ने दर्शकसंख्या ८.३ मिलियन आंकिएको छ ।

प्रतिक्रिया दिनुहोस्