अल्जेरिया र सेनेगल फाइनलमा



लन्डन, (एजेन्सी)
अल्जेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको सेमिफाइनलमा अल्जेरियाले नाईजेरियालाई तथा सेनेगलले ट्युनिसियालाई पाखा लगाउँदै फाइनल पुगेका हुन् । रियाद माहरेजको कप्तानीमा रहेको अल्जेरियाले नाइजेरियालाई २–१ गोलअन्तरले हरायो । अल्जेरियाको जितमा इन्जुरी समयको पाँचौं मिनेटमा कप्तान माहरेजले फ्रि–किक मार्फत् गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि ४० औँ मिनेटमा नाइजेरियाका विलियम ट्रस्ट–एकोङले आत्मघाती गोल गरेपछि अल्जेरियाले अग्रता लिएको थियो । तर ७२औँ मिनेटमा ओडियन ईगालोले पेनाल्टीमार्फत् गोल गर्दै नाईजेरियालाई खेलमा फर्काएका थिए ।

आइतबार राति नै भएको अर्को सेमिफाइनलमा ट्युनिसियालाई अतिरिक्त समयमा पराजित गर्दै सेनेगलले फाइनलमा स्थान बनाएको हो । खेलको निर्र्धािरत ९० मिनेटभित्र दुवै टोलीले पाएको एक–एक वटा पेनाल्टी अवसर खेल फालेका थिए ।

अतिरिक्त समयको ११औं मिनेटमा डाईलान ब्रोनले गोल गर्दै सेनेगललाई फाइनलमा पु¥याए । अल्जेरिया र सेनेगलले आगामी शुक्रबार उपाधिको लागि भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्