लोपोन्मुख कौरा नाचको संरक्षण गर्न पहल



पाल्पा । मगर समुदायको पहिचानको रुपमा रहेको तर लोपोन्मुख रुपमा रहेको कौरा नाचको संरक्षण गर्नका लागि यहाको एक गाउ पालिकाले पहल गरेको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ६,अर्चले, पाल्पामा एक कार्यक्रमका बिच लोपोन्मुख कौरा नाच संरक्षण गर्न कौरा नाच समूहलाई मगरी पोशक बितरण गरिएको छ ।

आदिवासी जनजाति उत्थान समन्वय समितीका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी निस्दी गाउँपालिका वडा नम्बर ६ाा वडाध्यक्ष मेख बहादुर सुनारीले पुराना लोक संस्कृती लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई जोगाउन अहिलेका युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल मगर संघ निस्दी,पाल्पाका अध्यक्ष राम बहादुर पाटा मगरले निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोबास रहेको भन्दै आफ्नो भाषा र पहिचान बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति समन्वय समिति निस्दीका अध्यक्ष नर बहादुर सुनारी,लाल बहादुर बयम्बु लगायतकाले संस्कृति सभ्यता र परम्परालाई जोगाइराख्न सवै क्षेत्रको भूमिका हुनुपर्ने वताउनु भयो । निस्दी गाउँपालिकाको कुल १ लाख रुपैयाँको स्थानीय ४२ जना कौरा नाचका कलाकारहरुलाई मगरी पोशाक वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्