नेपाली बजारमा चिनियाँ लोकप्रिय



सरस्वति न्यौपान ।
चालु आर्थिक वर्ष ०७५/०७६ मा रसुवागढी नाका हुदै नेपाली बवारमा चिनियाँ स्याउको माग बढेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय रसुवा का वरिष्ट बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरे का अनुसार चालु आर्थिक वर्ष को साउन देखी जेठ मसान्त सम्म मा तीन अर्व १५ करोड ६३ लाख ५१ हजार दुइ सय मुल्य बराबरको स्याउ आयात भएको छ ।

चिनको केरुङ हुदै यस नाका बाट विभिन्न समयमा मनाइने चाडपर्वलाइ मध्य नजर राखी स्याउको आयात बढी हुने गर्छ ।साथै नास्पाती , लसुन , प्याज , तयारी मसला , ड्राइ मसरुम प्याज , बोडी , धानको विउ , लगाएत पिठो , ओखर , बदाम ,अचार ,कफी , ग्रिनटी , गुन्दु्रक र सुकेको वयर आयात हुने कार्यालय का प्रमुख घिमिरे ले जानकारी दिए ।

क्वारेन्टिन कार्यालय को तथ्याङक अनुसार साउन महिनामा ११ लाख ४२ हजार ६ सय २९ , भदौमा १० लाख ५५ हजार तीन सय ८२ असोज मा ४३ लाख २८ हजार चार सय ६५ , कम्तिमा ४० लाख २५ हजार तीन सय ३० , मंसिरमा २७ लाख ८९ हजार आठ सय तीन , पुस महिनामा २९ लाख ९६ हजार तीन सय ५० , माघ महिनामा २६ लाख ११ हजार चार सय ३० केजी स्याउ आयात भएको छ ।

यस्तै फागुनमा ४६ लाख ५६ हजार एक सय ७० चैत्रमा ४७ लाख २२ हजार सात सय ९० , वैशाख मा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख नौ हजार एक सय ५७ केजी आयात भएको हो ।

यस्तै चिनबाट फलफुल मसला बाली थरकारी बाली खाद्यान्न तेल बिउ लगाएत अन्य सामाग्री पनि नेपाल भित्रने गरेको छ ।

रसुवागढी नाका हुदै आउने समान आवश्यक परे मात्र विषादी परिक्षण गर्न सकिने
सरस्वति न्यौपाने (रसुवा) ःउत्तरी नाका रसुवा गढी नाका हुदै आउने कृषिजन्य सामाग्री हरु आवश्यक परे मात्र विषादी परिक्षण गर्न सकिने बताइएको छ ।
क्वारेन्टिन कार्यालय रसुवाका कार्यालय प्रमुख कुलदिप घिमिरेका अनुसार क्वारेन्टिनले नाकाबाट आयात भएका कृषिजन्य सामाग्री हरुको रोग किरा तथा झारपात आएको हो होइन परिक्षण चाही आवश्यक पर्दा काठमाण्डौ पठाउन सकिने बताए ।

उनका अनुसार फाइटोस्यानिटरी सर्टिफिकेट र निरिक्षण केही महिना अघि सुरु भएको हो ।कृषि जन्य सामाग्री आयात गर्दा भित्रन सक्ने किरा र झारपात को सामान्य परिक्षण गरिन्छ ।पुर्ण रुपमा नै यस कार्यालय ले विषादी परिक्षण भने गर्दैन कार्यालयका प्रमुख घिमिरे ले बताए ।

चालु आ.व. को जेठ सम्म यस नाका बाट तीन अर्ब ८१ करोड ४७ लाख १८ हजार रुपैयाको कृषि जन्य सामाग्री आयात भएको छ ।यस नाका बाट भित्रनेमा सब भन्दा बढी चिनियाँ स्याउ दोस्रो लसुन रहेको छ साउन देखी जेठ मसान्त सम्ममा तीन अर्ब १५ करोड १७ लाख बराबरको लसुन ६ करोड ५५ लाखको ओखर दुइ करोड २१ लाख मुल्य को अदुवा आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्