विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने २ जना समातिए



नेपाल समाचारपत्र, पर्सा ।
विश्वकप क्रिटेमा सट्टाबाजी खेलाउन दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित केही व्यक्तिहरुले विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाई ठुलो मात्रामा पैसा असुल गरेका थिए ।

त्यसलगतै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज घर बताउने ३१ वर्षिय आशिष कमार वर्णल र बीरगंज महा नगरपालिका वडा नम्बर १९ बस्ने निरज तिवारीलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्