विरुवा बेचेर वार्षीक ३५ लाख आम्दानी



विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडान. ३ बस्ने स्थानिय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफुले खोलेको नरसरी बाट वार्षीक रु ३० देखी ३५ लाख सम्म आम्दानी गर्ने गर्नु भएको छ ।

दिपायलमा रहेको आफनो करिब ४–५ रोपनी खाली जमिनमा उहाँले बिगत तिन वर्ष देखी गणेश नर्सरी खोली बिभिन्न जातका बिरुवाहरु उमार्दै आउनु भएको छ । आफु सहित ७ जना कर्मचारी उहाँको नर्सरीमा काम गर्ने गर्दछन् ।

नर्सरीमा काम गर्ने कर्मचारीको तलब कटाएर वार्षीक रुपमा रु ३० देखी ३५ लाख सम्म आम्दानी हुने गरेको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नर्सरीमा मेहनेतपनि धेरै छ,मेहनेत गरे अनुसारको आम्दानीपनि हुन्छ ।” उहाँको नर्सरीमा रुद्राक्ष,लहरे पिपल,आप,अमिलो,कागती,डालेघास,चिउरी,अम्रिसो,किम्वु,तिमुर लगायतका बिभिन्न बिरुवाहरु उत्पादन गरिएको छ ।

हिजो आज उहाँको नर्सरीमा बिरुवा लिनेहरुको निकै घुईचोे लाग्ने गरेको छ । नर्सरीमा उत्पादन भएका बिरुवा लिनका लागि छिमेकी जिल्लाहरु कैलाली,अछाम,बाजुरा,डडेल्धुराका स्थानिय आउने गरेको भट्टको दाबी छ ।

जिल्लामा यसरी विरुवा उत्पादन गरी बिक्रि बितरण गर्ने उहाँको एक मात्र पहिलो नर्सरी भएको दिपायलका स्थानिय कैलाश खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिले कसैको पनि नर्सरी थिएन,हामी विरुवा लिन अन्यत्र जिल्ला जान्थ्यौ अहिले दिपायलमा भट्ट नर्सरी पहिलो पटक खुलेपछि हामीलाई घरमै बिरुवा मिल्न थालेको छ ।”

जिल्ला बाहिर रुद्राक्ष बिरुवाको १ हजार देखी १ हजार ५०० सम्म पर्ने भएपनि उहाँको नर्सरीमा उक्त बिरुवा ७०० सम्ममा पाईने गरेको छ । डिभिजन वन कार्यालय डोटीको सिफारीसमा उहाँको नर्ससरीमा रुद्राक्षको बिरुवा आउने भएका कारण उक्त बिरुवा सस्तो पर्न गएको नर्सरी सञ्चालक भट्टले बताउनुभयो । उहाँको नर्सरीबाट उत्पादन भएका बिरुवाहरु यहाँका स्थानियतहमा बितरण भएपछि मात्रै बाँकी रहेका बिरुवाहरु जिल्लाबाहिर बिक्रिबितरणका लागि जाने गरेका छन् ।

भट्टले अर्को वर्षकालागि चाहिने बिरुवा यो वर्षनै तयार गर्ने गर्नु भएको छ । अर्कोवर्षकालागि चाहिने बिरुवा उहाँको नर्सरीमा अहिले देखीनै बिउ राख्न काम भैरहेको छ ।

अर्को वर्षकालागि उहाँले करिब रु १४ लाखको लगानीमा नयाँ बिरुवाको बिउ राख्नु भएको छ । तिन वर्ष देखी अहिले सम्म उहाँले करिब रु १ करोड आम्दानी गरेको जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “बिउ राखेर उम्रिएका सबै बोट बच्दैनन,आधा जती मरेर जाने भएकाले आम्दानी केही घट्छ,उम्रिएका सबै बिरुवा बचे त अझ धेरै आम्दानी हुने थियो ।”

जिल्लामा नपाईने तथा आवस्यक माग अनुसारका बिरुवाहरु उहाँको नर्सरीले जिल्ला बाहिरबाट मगाएरपनि जिल्लामा आपुर्ति गर्ने गरेको छ । आफुले गरेको मेहनेत अनुसारको आम्दानी हुन थालेपछि उहाँ आफनो पेशा प्रति निकै खुसि भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पैसा कमाउन बिदेश जानु पर्दैन, मेहनेत गरे घरैमा पैसा कमाउन सकिन्छ ।”

नर्सरीको आम्दानीले उहाँको घरपरिवारको खर्च राम्रै संङ्ग चलेको छ । अहिले बिरुवा रोप्ने समय भएकाले पनि उहाँको नर्सरीमा बिरुवालिन आउनेहरुको खाली कहिले हुदैन । त्यस्तै उहाँको नर्सरीले ठुलोमात्रामा बिरुवाको माग आए घरमै अथवा भनेको ठाउमा बिरुवा पु¥याउने भएकाले बिरुवा किन्ने ग्रहकहरु फोन मार्फत पनि अडर गर्ने गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्