वर्षा र बाढीको कारण भ्यागुता हुन् भन्दै लिखित रुपमै दुई भ्यागुताको सम्बन्धविच्छेद



मोरङ । भ्यागुताको विवाहका कारण वर्षा र बाढीको समस्या आएको भन्दै भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । मोरङमा गएको असार २१ गते सन्सारीमाइ मन्दिरमा विवाह गराईएका भ्यागुताको आइतवार लिखित रुपमै सम्बन्ध विच्छेद गराइएको हो ।

बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुबानको समस्या कम हुने विश्वास गरिएको छ ।

लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुताको विवाह गराएका थिए । भ्यागुताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्