उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट, दुई बालिकाको ज्यान गयो



मजार–ए–शरिफ । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ ।

सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिनुभयो ।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ ।

तालिबान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्सेनि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्