प्रतिनिधिसभा बैठक स्थगन गर्न काँग्रेसको प्रस्ताव



काठमाडौं ।  प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले जरुरी सार्वजनीक महत्वको प्रस्ताव पेश गर्दै सोमबारको संसद बैठक स्थगन गर्ने प्रस्ताव पेश गरेको छ ।

सांसदहरु डा. मिनेन्द्र रिजाल, राजकिशोर यादव र पुष्पा भुषालले अविरल वर्षाको कारण देशभर ठुलो जनधनको क्षति पुगेको भन्दै सांसदहरुले प्रभावित क्षेत्रबारे सरकारलाई सूचना उपलब्ध गराउने, तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारद्वारा संचालित उद्धार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन तथा आवश्यक सहयोग पु¥याउने तथा प्रतिनिधि सभाका सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा संलग्न गराउने व्यवस्था गर्ने उद्देश्यल सोमबारको बैठक स्थगित गर्नुपर्ने जनाएका हुन ।

विगत पाँच दिन देखिको अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुवानका कारण देश भरिका तीस भन्दा बढी जिल्लाहरुमा दर्जनौ नागरिकले ज्यान गुमाउनु परेको, झण्डै त्यतिनै संख्यामा वेपत्ता भएको, सयौं नागरिक घाइते भएको, दशौं हजार नागरिक प्रत्यक्ष प्रभावित भएको, महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्दार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहिन भएको, दशौं करोड मूल्य बराबरको घर, खेत, धनमाल, बालि नष्ट भएको जनाउदै काग्रेसले जरुरी सार्वजनीक महत्वको प्रस्ताव दर्ता गराएको जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ७८ को उपनियम १ मा अत्यन्तै जरुरी सार्वजनीक महत्वको कुनै विषयमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्