गुल्मीमा विप्लव समूहका २ विद्यार्थी नेता पक्राउ



अनिल खत्री , गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका २ जना विद्यार्थी नेता पक्राउन परेका छन् । अनेरास्वुवियु ( क्रान्तिकारी ) का जिल्ला सचिव बिष्णु बिक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताउनु भयो ।

विद्यार्थीहरुले सोमबार तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गर्न लागेको अवस्थामा प्रहरीले पक्राउन गरेको बस्नेतले बताउनु भयो । सरकारले प्रतिबन्ध लगाई रहेको बेला निकट विद्यार्थी संगठनका नेताहरु सदरमुकाम तम्घासको प्रहरी प्रशासन कै कोखमा आएर खुल्ला कार्यक्रम गर्न आएका थिए ।

विद्यार्थी संगठनले गर्न लागेको कार्यक्रम स्थल जिल्ला प्रहरी कार्यालय देखि ३ सय मिटर दुरीको आडैमा रहेको छ । प्रहरीले नियन्त्रणमा लिएका २ जना विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालय गुल्मीम राखेर अनुसन्धा गरिने बस्नेतले बताउनु भयो ।

संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीले पार्टीलाई प्रतिबन्ध लगाईए पनि विद्यार्थी शान्तिपुर्ण रुपमा पढ्न र संगठनको काम गर्न पाउनु पर्ने प्रतिकृया दिनुभयो । उहाँले पक्राउ परेका विद्यार्थी नेतालाई तत्काल रिहाई गरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्