सूर्योदय भानु श्रष्टा सम्मान मदनकृष्णलाई



सूर्योदय भानु प्रष्ठिानले यस वर्षको सूर्योदय भानु स्रष्टा सम्मान–२०७६ ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ।

प्रतिष्ठानको हालै बसेको बैठकले श्रेष्ठलाई १० हजार १ सय १ रुपियाँ राशीको सम्मान प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले सो निर्णय गरेको हो।

बैठकले फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरेको सूर्योदय एजुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्