हजार जुनीसम्मलाई दीपाश्रीको आइटम



RGB tiff image by MetisIP

काठमाडौँ । आगामी भाद्र ६ गते अल नेपाल रिलिज हुने फिल्म हजार जुनीसम्मको रमाइलो गीत आज नगद भोलि उधारो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा नायक आर्यन सिग्देल र अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलालाई फिचरिङ गरिएको छ। उनीहरूको साथमा शिवहरि पौडेल पनि देखिएका छन्। गीतमा नायिका स्वस्तिमा खड्का, नवनायक अखिलेश प्रधान, कलाकार रामचन्द्र्र अधिकारी, उत्तम केसीलगायत पनि देखिएका छन्। ब्याक टु ब्याक तीन ब्लकबस्टर फिल्म दिएकी निर्देशक दीपाश्रीले यो गीतमा आइटम नृत्य गरेकी छिन्।

गीतमा उनी भट्टी साहुनीका रूपमा प्रस्तुत भएकी छिन्। गीतमा उनको नाम शर्मिला राखिएको छ। ‘गीत राम्रो लगेर नृत्य गरेकी हुँ । गीत सुन्दा मलाई सुहाउँछ जस्तो पनि लाग्यो। यसै गरी गीतले फिल्मको कथालाई पनि अगाडि बढाउने पाएकी छु। गीतमा मैले नृत्य निर्देशकबाट पाएको टास्कलाई पूरा गर्ने कोशिस गरेकी छु।’ –दीपाश्रीले भनिन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। गीतमा एकनारायण भण्डारीको शब्द, वसन्त सापकोटाको संगीत तथा प्रह्लाद तिमिल्सिना, मीना निरौला र दीपाश्रीको स्वर रहेको छ।

हिट सिरिज नाइँ नभन्नु लका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका छन्। फिल्ममा सञ्चिता लुइँटेल, अनुभव रेग्मीलगायतले पनि अभिनय गरेका छन्। फिल्ममा उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत र अर्जुन जीसीको सम्पादन छ। विशाल चाम्लिङद्वारा निर्मित फिल्ममा कविता रेग्मी कार्यकारी निर्मात्री रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्