ट्रम्पमाथि रिसइबीका कारण इरान सम्झौता तोडेको आरोप



लन्डन,(एजेन्स) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति वाराक ओवामा प्रति तिक्तिता पोख्ेन उद्देशयले नै इरानसंगको ऐतिहासिक आणविक सम्झौता तोडेको कुरा अमेरिकाका लागि संयुक्त अधिराज्यका एकजना राजदुतले लेखेको पत्रमा उल्लेखित रहेको छ । सो पत्र चुहिएर सार्वजनिक हुन पुगेको हो ।

आइतवार दि मेल अखवारले राजदुत सर किम डार्रोकले ट्रम्पको सो कदमलाई ‘ कुटनीतिक धृष्टता ’ को संज्ञा दिएको जनाएको छ । सो अखवारले वेलायतका तत्कालिन विदेश मन्त्री वोरिस जोहन्सनले अमेरिकालाई इरानसंगको आणविक सम्झौतामा आवद्ध रहिरहने अनुरोध सहित पठाइएको पत्रमा यो कुरा उल्लेखित भएको जनाएको छ ।

अमेरिकाको महानगरिय प्रहरीले सो पत्र सार्वजनिक नगर्न गरिएको चेतावनी वावजुद पनि सार्वजनिक हुन पुगेको हो । एक साता अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको आलोचना गरिएको पत्र सार्वजनिक भएक ैकारण ट्रम्प निक ैआक्रोसित हुँदा अमेरिकाका लागि वेलायतका राजदुत सर किमले पदबाटै राजिनामा दिनु परेको थियो । दि मेलले सर किमले जोहन्सनलाई रिपब्लिकन ट्रम्पले आफु पूर्वका डेमोक्रेट राष्ट्रपति वाराक ओवामाले हस्ताक्षर गरेकै कारण व्यक्तिगत रिसइबि साँध्न उक्त इरान सम्झौता तोडेको देखिएको सुचना दिएको जनाएको छ ।

अमेरिका लगायत सो आणविक समझौतामा विश्वका अन्य शक्ति राष्ट्रहरु वेलायत , फ्रान्स , रसिया , चीन र जर्मनीले पनि हस्ताक्षर गरेका थिए । यस सम्झौतामा इरानले आणविक गतिविध नियनत्रण गरेको खण्डमा त्यसमाथि लगाँइदै आएका आर्थिक नाकावन्दिहरु खुकुलो पार्दै लगिने सहमति उल्लेख गरिएको थियो ।

तर ट्रम्पले भने सन् २०१८ को मे महिनामा इरानले सम्झौताका बुँदाहरु इमानदारिताका साथ पालना नगरेको अरोप लगाउँदै एकतर्फी रुपमा अमेरिका सम्झौताबाटै अलगिएको घोषणा गरेको थिए । त्यसको लगत्तै अमेरिकाले इरानमाथि थप अन्य नाकावन्दि लगाएको थियो ।

प्रत्युत्तरमा इरानले पनि आणविक हातहतियार विकासका लागि प्रयोगमा ल्याइन सक्ने प्रशोधित युरेनियमको भण्डारण परिमाण सिमा तोडिसकेको छ । अमेरिकाको सम्झौताबाट भएको बहिर्गमणको विरोध गर्दै आएका युरापेली मुलुकहरुले भने इरानलाई पनि सम्झौताका बुँदाहरु नतोड्न चेतावनी दिएका थिए ।

साथै खाडी क्षेत्रमा आफ्ना फौज माथि इरानी आक्रमणको खतरा बढेको भन्द ैअमेरिकाले खाडीको जलिय क्षेत्रमा युद्धापोत र लडाकु विमानहरु तैनाथ गरिसकेको छ । केहि समय अघि गल्फ अफ ओमानमा आफ्ना तेल बोकने दुईवटा जहाजमाथि भएको हमलाका लागि अमेरिकाले इरानलाई आरोप लगाएको थियो । यसैबिच इरानले पनि होर्मुजमा आफ्नो वायु क्षेत्रमा उडाइएको भन्दै एउटा अमेरिकी ड्रोन विमान खसाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्