शक्तिशाली भूकम्प



सिड्नी, (एजेनसी) ।
अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान सवेर्र शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ तथा जलवायु विभागले जनाएको छ । हिन्द महासागरको १० किलोमिटर मनि केन्द्रविन्दु रहेको सो भूकम्प ६ दशमलव ६ रिक्टर स्केल परिमाणको रहेको सम्बन्धित सिथानियअधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी भूगर्भ मापन केन्द्रले ठूलै क्षेत्रमा असर पारेको भूकम्पपछि सुनामी आउनसक्ने कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ । सरकारी टेलिभिजन एबीसीले केहि सामान्य भौतिक क्षति भएको तथा कसैको ज्यान गएकोे वा कोही घाइते भएको खबर प्राप्त नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्