बंगलादेशका पूर्व राष्ट्रपति जनरल एर्सादको निधन



ढाका,(एजेन्सी )
वंगलादेशका पूर्व राष्ट्रपति तथा सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको उनको पारिवारिक सुत्रले संचार माध्यमलाई जानकारी दिलाएको छ । गत तीन साता देखि अस्वस्थ रहँदै आएको उनका प्रेस तथा राजनीतिक सचिव सुनिल सुभ रोयले बताएका छन् । कलेजो र मृगौलामा गम्भीर खराबी आएको कारण उनलाई विगत दस दिन देखि राजधानी ढाका स्थित सैनिक अस्पतालमा लाइफ सपोर्टमा राखिएको थियो ।

सन् १९९० मा सत्ताबाट बाहिरिनु अघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा भएको सैनिक विद«ोहमा तत्कालिन जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई अपदस्थ गरी शासनभार आफ्नो हातमा लिएका थिए । सैनिक जनरल एर्सादले रक्तपातविहीन विद«ोह मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए ।

तर सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य पारिएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय समेत भएको थियो ।
पछिल्लो समय अर्थात सन् १९८५ मा जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका स्वास्थ समबन्धी जटिलताका कारण निधन भएको उनका पूर्व सहकर्मी एवं विधायक काजी फिरोज रसिदले बताएका छन् ।

उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राष्ट्रिय धर्म बनाइएको थियो। सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उनको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गर्न सफल भएकोे थियो।

उनी वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि थिए । सोहि क्षेत्रबाट उनले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।
चर्चित सिर्जनशिल कवि पनि रहेका एर्सादले सन् १९९६ मा कारागारबाटै स्थानिय पत्रकारहरुलाई आफ्नो कवि ह«दयले नरम ढंगले देश चलाउनु नै सबैभन्दा ठूलोअसफलता भएको प्रतिक्रिया दिएका थिए ।

उनको सत्ता बहिर्गमनपछि हालका प्रधानमन्त्री शेख हसिना र प्रमुख विपक्षी नेता खालेदाबिच कडा राजनीतिक प्रतिस्पर्धा हुँदै आएको छ । गत वर्ष मात्र खालेदा जियालाइृ भ्रष्टाचारको अभियोगमा एक दशक लामो कारवास संजाय तोकिएके थियो ।

प्रतिक्रिया दिनुहोस्