राष्ट्र र राष्ट्रियता प्राथमिकतामाः महानिरीक्षक खनाल



????????????????????????????????????

काभ्रे ।
शशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेड क्वाटर काभ्रेको नवनिर्मित कार्यालय भवनको शशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै महानिरिक्षक खनालले राष्ट्रको जिम्मेवारी र राष्ट्रियता कायम गर्ने संविधानत प्राप्त जिम्मेवारी, राज्यको दायित्वलाई शशस्त्र प्रहरीले सधै आत्मसाथ गर्ने बताउनु भयो ।

‘जनतालाई सुख कसरी दिने ? आफुलाई भन्दा नागरिकलाई सेवा कसरी प्रदान गर्ने ? भन्ने सोचले सबै दर्जामा रहेका शशस्त्र प्रहरीले आफुलाई समाहित गर्नु पर्छ’–महानिरिक्षक शैलेन्द्र खनालले भन्नु भयो–‘विपद् तथा संकटमा उद्धारका लागि जिउज्यान दिएर लाग्न निर्देशन दिन्छु ।’ तत्कालिन श्री ५ सरकार मन्त्रीपरिषद्को २०५८ चैत्र ३० गतेको निर्णयले मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत बाग्मती अञ्चलमा परिचालन हुने गरि प्रसिद्ध देवी कालिञ्चोक भगवतीको नामबाट २०५९ बैशाख २४ गते नारायणी अञ्चलको चितवन जिल्ला दारेचोक गाविस ३ कुरिनटारमा उक्त गणको स्थापना भएको गणपति एसपी बेनु पाठकले बताउनु भयो ।

२०६० भदौ १३ गते काठमाडौ जिल्लाको किर्तिपुर नगरपालिका वडा नम्वर ८ स्थित बाँझोबारीमा स्थानान्तरण भउको गण २०६२ पौष २७ गते काठमाडौ किर्तिपुर नगरपालिका ६ चोभारमा रहेको थियो । २०७३÷२०७४ मा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर ३ कुरकुरे डाँडामा २ सय २० रोपनी जमिनमा भवन निर्माण गरी सोहि भवनमा २०७६ बैशाख १६ गतेबाट गणले कार्य संचालन गर्दै आएको थियो ।

१५ वटा भौतिक सरचना निर्माण गरिएको गणका लागि १३ करोड २१ लाख रुपैया खर्च भएको छ । जसमा गणपति निवास, कार्यालय भवन, क्वाटर गार्ड, विल्लादार जवान ब्यारेक, पानी ट्याङ्की, सिनियर अधिकृत ब्यारेक, सिनियर अधिकृत मेश, जुनियर अधिकृत ब्यारेक, मेश, महिला ब्यारेक, जिन्सि स्टोर, विल्लादारजवान मेश, रासन स्टोर, विल्लादार जवान ट्वाईलेट तथा मेनगेट निर्माण गरिएको छ ।

कार्यक्रममा शशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायणबाबु थापा, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना लगायतले शशस्त्र प्रहरी सधै नेपाल र नेपालीको हितका लागि दत्तचित हुनु पर्ने बताउनु भएको थियो । जिल्लामा नेपाली सेना, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान सँगै शशस्त्र प्रहरीको क्याम्प स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस्